दलित भएकै कारण कोठा छाड्न निर्देशन दिने घरधनी तारकेश्वर नगरपालिका–१० नेपालटार का श्रीकृष्ण विडारीसहितलाई महानगरीय प्रहरी वृत्त बालाजुले अनुसन्धान सुरु गरेको छ ।
दलित भएकै कारण कोठा छाड्न पटक पटक दबाब दिएको र आफू नभएको बेलामा फागुन ४ गते आफ्नो कोठामा ताला मारिदिएको भन्दै कैलाली घोडाघोडी नगरपालिका–४ की २८ वर्षीया दीपा नेपालीले फागुन २२ गते प्रहरी वृत्त बालाजुमा उजुरी दर्ता गराउनु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
पीडितले विडारी सहित उहाँकी पत्नी राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुङ्गाना र उहाँकी पत्नी सन्तोषी विरुद्ध जाहेरी दिएको डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । उजुरी दर्ता गराएपछि अनुसन्धान सुरु गरेको तर अनुसन्धान कै क्रममा रहेकाले कसैलाई पनि गिरफ्तार भने नगरेको डिएसपी राठौरले बताउनु भयो । ०७६ मङ्सिर १३ गतेदेखि विडारीको घरमा दीपासँगै भाइ र बहिनी भाडामा बस्दै आएका थिए । धरधनीले दलित भएको थाहा पाएपछि कोठा छोड्न ३५ दिने सूचना नै टाँस गरेको पीडितले बताउनु भयो ।
घरधनी बिडारीले घरमा आमाको वर्ष दिनको काम गर्नुपर्छ, दलित समुदाय घरमा बस्दा समस्या हुन्छ, फेरी हामीलाई घरमा बस्ने अरु र छिमेकीले पनि समस्या पर्यो भनेका छन्, अब घर छाडिदिनु भनेको दीपाले बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर पढ्दै गर्नुभएको दीपाले यस अघि छात्रावासमा बस्दै आएपनि भाईबहिनीसँगै भएपछि भाडामा बस्न थालेको बताउनु भयो । पीडितले आफूले दिएको उजुरीउपर प्रहरीले कारवाही नगरेको भन्दै गुनासो गर्नुभयो । भाडा लिएर बस्न थालेदेखि नै जातीय भेदभाव तथा दुर्व्यवहारको शिकार भएको गुनासो गर्दै दीपाले राष्ट्रिय मानवअधिकार आयोगमा समेत गुनासो गरेको र आयोगले घरधनीलाई फोनमाफर्त सम्पर्क गरेपछि घरमा बस्न पाए पनि भेदभाव र दुर्व्यवहार भने भईरहेको बताउनु भयो । प्रहरीले उजुरी दिन जादा छुवाछूतको विषय भन्दै उजुरी लिन नमानेपछि भनसुन गरेर तीन दिनको प्रयासपछि उजुरी दर्ता भएको उहाँले बताउनु भयो ।
यता घरधनी बिडारीले भने जातका आधारमा आफूहरूले उनीहरूलई कोठा छाड्न कुनै दबाब नदिएको र भेदभाव पनि नगरेको बताएको प्रहरीले जनाएको छ । घरमा पानीको बारेमा भएको सामान्य विवादलाई जातीय पक्षपातको आरोप लगाएको बताउदै उहाँले फागुन ४ गते ट्याङ्करको पानीको पैसा कोठामा बस्ने सबैले दामासाहीले तिर्नुपर्छ भन्दा उल्टै दलित भएर हेपेको भनेर आरोप लगाएको दाबी घरधनीको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि