INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासका आरोपित फरार, उजुरी दर्ता

५६ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा खडक नपा–१ का २२ वर्षीय बिद्यानन्द साहविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले फागुन २१ गते उजुरी दर्ता गरेको छ ।

घोंघी बेच्न बजार जान भनी ट्रयाक्टर चढेकी पीडितलाई फागुन ४ गते राति ट्रयाक्टर चालक आरोपित साहले बजारको साटो एकान्त बाटोतर्फ लगी सुनसान अध्यारोमा ट्रयाक्टर रोकी बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । महिलाको गुहार सुनी सोही बाटोबाट गइरहेको मोटरसाइकल रोकिएको आवाज सुनेपछि आरोपित फरार भएको उहाँले बताउनु भयो ।

पीडितले फागुन ६ गते उजुरी दिएपछि उहाँको गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन ७ गते स्वास्थ्य परिक्षण भयो । आरोपित हालसम्म गिरफ्तार नभएको र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले जानकारी दिनुभयो ।

अन्य

भिडियो