३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमनपा–१२ का ४० वर्षीय हरीप्रसाद पाण्डे विरूद्ध पीडित पक्षले फागुन २१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले ०७६ वैशाख १६ गतेदेखि पटक पटक बलात्कार गर्दै आएको भन्दै पीडित पक्षको उजुरी परेको डिएसपी चक्रडम्मर पालले बताउनु भयो । डिएसपी पालले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २१ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।