२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा नाताले काका पर्ने ५३ वर्षीय आरोपितलाई चितवन जिल्ला अदालत १० वर्ष कैद फैसला गरेको छ ।
न्यायाधीश गायत्री रेग्मीको इजलासले ०७६ फागुन २१ गते यो फैसला गरेको अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताउनु भयो । ०७६ असार १३ गते बलात्कार गरेको भन्दै पीडितले आरोपित विरुद्ध असार १६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । आरोपितलाई प्रहरीले असार १५ गते घरबाट गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १६ गते भरतपुर अस्पतालमा भएको थियो ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री