INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीय महिलालाई ०७५ चैत ६ गते बलात्कार गरी फरार रहेको आरोपमा गौरीगंगा नगरपालिका—११ का २५ वर्षीय सरोज चौधरीलाई प्रहरीले फागुन १९ गते गिरफ्तार गरेको छ ।

आरोपित चौधरीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ असोज १ गते जिल्ला प्रहरी कार्यालय,कैलालीमा उजुरी दिएको भए पनि  आरोपित  फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय,कैलालीका सइ मोहनबहादुर सिंहले बताउनु भयो ।

फरार रहेका चौधरी घरमा आएको भन्ने सुचना प्रहरीले पाएपछि फागुन १९ गते गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडी बढाइएको सइ सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा ०७६ असोज १ गते गरिएको थियो ।

 

अन्य

भिडियो