नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्लाका पुर्व सेक्रेटरी ३४ वर्षीय राम बहादुर कुवँर(नविन)लाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन १७ गते गिरफ्तार गरेको छ ।
बागलुङ जिल्ला वडागाउँ गाउँपालिका–५ ग्वालीचौर घर भएका कुवँरलाई गोरखा नपा–९ लक्ष्मीबजारबाट गिरफ्तार गरिएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय गोरखामा फागुन १९ गते सार्वजनिक शान्ति विरुद्घको कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी खतिवडाले बताउनुभयो ।