INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिवन्धित नेकपा कार्यकर्ता पार्टी परित्याग पछि रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी  निकट युवा संघ दाङकासदस्य शान्तिनगर गाउँपालिका४ का २८ वर्षीय अर्जुन शाही पार्टी परित्याग पछि फागुन १५ गते रिहा भएका छन् ।

प्रहरीले शाहीलाई पुस २० गते शान्तिनगर गापा४ बाट गिरफ्तार गरि सार्वजनिक मुद्दा चलाएकोमा जिल्ला प्रशासन कार्यालयले  माघ १० गते २५ हजार रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रहरीले पुनः गिरफ्तार गर्ने जानकारी पाए पछि धरौटी नबुझाएर माघ १० गते जिल्ला कारागार चलान भएका थिए ।

शाहीले फागुन १५ गते जिल्ला प्रशासनमा २५ हजार रूपियाँ धरौटी बुझाएर उक्त पार्टी  त्याग गरेको घोषणा गरे सँगै जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् ।

                                                                           

अन्य

भिडियो