INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले  कोहलपुर नपा–१२ निबुवाका ३० वर्षीय भोजबहादुर थापालाई फागुन १३ गते गिरफ्तार गरेको छ ।

फागुन १० गते साथीहरूसँग जङ्गलमा बयर खान गएकी बालिकालाई आरोपितले साथीहरूलाई भगाएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १० गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए ।

घटना पछि फरार रहेका आरोपितलाई बर्दिया जिल्ला बासगढी नपाबाट  गिरफ्तार गरिएको  इलाका प्रहरी कार्यालय कोहलपुरका सई रणधीर जैसीले बताउनु भयो ।

बालिकाको  स्वास्थ्य परीक्षण फागुन १० गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको  प्रहरीले जनायो  ।

अन्य

भिडियो