प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको आरोपमा कास्की मादी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने २९ वर्षीय बृहस्पति पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।
पौडेललाई फागुन ८ गते काठमाडौंको कुलेश्वरबाट गिरफ्तार गरेको महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिनुभयो । पौडेललाई कुलेश्वरबाट गिरफ्तार गरी फागुन ८ गते वीर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको डीएसपी कुवंरले जानकारी दिनुभयो । प्रहरीले पौडेललाई थप अनुसन्धानका लागी कालिमाटीमा नै राखिएको छ । फागुन ८ गते गिरफ्तार गरिएकाले फागुन ९ र १० गते बिदा भएकाले ११ गते जिल्ला अदालत काठमाडौँ लगिएको र पौडेलमाथि चन्दा आतङ्क मच्चाएको अभियोगमा थप अनुसन्धान जारी रहेको डीएसपी कुवंरले बताउनु भयो ।