१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्ला कञ्चनपुर झलारीपिप्लारी–१ स्थायी घर भई भिमदत्त नगरपालिका– ४ बस्दै आएका २० वर्षीय नविन पन्तलाई जिल्ला अदालत झापाले फागुन ११ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश प्रमेश पोखरेलको इजलासले कैद सजायसँगै १० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
आरोपितले ०७६ साउन १४ गते विर्तामोडमा रहेको एक होटलमा बालिकालाई लगि बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध साउन १९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले साउन १९ गते झापाबाट गिरफ्तार गरेको थियो ।
आरोपित विरूद्ध प्रहरीले जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको ०७६ भदौ १३ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा साउन १९ गते गरिएको थियो ।