३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका—१२ का ४५ वर्षीय जयराज जोशीलाई फागुन ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आफूलाई फागुन १० गते राती सुतेको अवस्थामा आरोपितले बलात्कार गरेको भन्दै पीडित महिलाले फागुन ११ गते इलाका प्रहरी कार्यालय,चौमालामा उजुरी दिएपछि आरोपित जोशीलाई मालाखेतीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,कैलालीका सइ मोहनबहादर सिंहले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय,कैलालीले फागुन ११ गते आरोपित विरूद्व जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको सइ सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।