७२ वर्षीया वृद्धालाई बलात्कारको गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका – ३ हडैयाका ३३ वर्षीय वंशराज सदालाई फागुन ८ गते गिरफ्तार गरेको छ ।
आरोपितले फागुन ८ गते जङ्गलमा घाँस काट्न गएको अवस्थामा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी प्रेमसागर केसीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ८ गते गरिएको छ ।