INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट डोजर र स्काभेटरमा आगजनी

सायल गाउँपालिका र आदर्श गाउँपालिकामा डोजर र स्काभेटरमा अज्ञात पक्षले फागुन ७ गते राति आगजनी गरेको छ ।

सायल गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको स्काभेटर सो गाउँपालिकाको वडा नं १ छपालीमा बाटो सफा गरेर राखिएको अवस्थामा राति करिब ११ बजेतिर आगजनी भएको र आदर्श गाउँपालिका–३ काँडी स्याउलेमा रहेको  आन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेज काडमाडौँको बा १ क २१५९ नम्बरको डोजरमा फागुन ७ गते राति करिब १० बजेतिर  आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दिलिपसिंह देउवाले जानकारी दिनु भयो ।

घटनाबारे अनुसन्धानका लागी प्रहरी प्रशासनलाई आग्रह गरिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भयो ।

घटना किन र कसले गर्‍यो भन्ने विषयमा अनुसन्धानका लागि गाउँपालिकाले प्रहरी प्रशासनसँग माग गरेको र प्रहरीले मुचुल्का उठाएर अनुसन्धान थालेको आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताउनु भयो ।

अन्य

भिडियो