६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पीडित पक्षले गुल्मी दरवार गाउँपालिका– २ का ७६ वर्षीय केयरसिंह सारू विरूद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले फागुन ५ गते रूपियाँको प्रलोभन देखाएर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो । पीडित पक्षले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी मिन घलेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ५ गते जिल्ला अस्पताल, तम्घासमा गरिएको प्रहरीले जनायो ।