INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शहिद लखन गाउँपालिका–८ का १८ वर्षीय प्रकाश परियारलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २९ गते देखि विवाहको प्रलोभन देखाइ पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र सोहि दिन आरोपितलाई गिरफ्तार गरिएको डिएसपी वासुदेव खतिवडाले बताउनुभयो ।

आरोपितविरुद्घ फागुन ७ गते जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

पिडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते जिल्ला अस्पताल गोरखामा गरिएको जानकारी डिएसपी खतिवडाले दिनुभयो ।

 

 

 

अन्य

भिडियो