INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश नं. २ मा ७ सय ३० जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित

सन् २०१९ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट प्रदेश नं. २ मा ७ सय ३० जना पीडित हुनु भएको इन्सेक प्रदेश २ ले तथ्याङ्क सार्वजनिक गरेको छ ।

photo20200219dhanusha (3)

 

जसमा राज्यपक्षबाट सात महिला र ५८ पुरुष गरि ६५ जना र अन्य पक्षबाट ५ सय २७ महिला र १ सय ३८ पुरुष गरि ६ सय ६५ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताउनु भएको छ ।

इन्सेक प्रदेश २ को कार्यालय जनकपुरधाममा फागुन ७ गते आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० र प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल तथा पत्रकार भेटघाट कार्यक्रममा संयोजक पासवानले सन् २०१९ मा राज्य पक्षबाट भएको गिरफ्तारी घटनामा १३ जना पुरुष, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा एक महिला र १६ जना पुरुष गरि १७ जना पीडित भएको बताउनु भएको छ । जातीय विभेदका घटनामा राज्य पक्षबाट एक महिला र अन्य पक्षबाट पाँच जना गरि ६ जना पीडित भएको उहाँले जानकारी दिनु भएको छ । त्यस्तै यातनाका घटनामा एक जना पीडित भएको वर्ष पुस्तकमा उल्लेख छ ।

photo20200219dhanusha (5)

महिला अधिकार उल्लङ्घनका घटनामा २ सय ३६ जना र बालअधिकार उल्लङ्घनका घटनामा २ सय २ बालिका र २३ बालक गरी २ सय २५ जना पीडित भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा उल्लेख छ । सन् २०१८ मा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ सय १ जना पीडित भएका थिए ।

प्रदेश २ को तथ्याङ्क अनुसार सन् २०१८ भन्दा सन् २०१९ मा १ सय २९ घटना बढेको देखिन्छ । गत वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटना बृद्धि भएको बताउनु हुँदै इन्सेक प्रदेश २ संयोेजक पासवानले प्रदेश २ मा राज्य पक्षबाटै तीन जनाको हत्या भएकाले गर्दा मानव अधिकारको अवस्था गम्भिर रहेको बताउनु भएको छ ।

photo20200219dhanusha (1)

प्रदेश २ बाट उत्कृष्ट बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई सो छलफल कार्यक्रममा सम्मान गरिएको छ । इन्सेक प्रदेश २ संयोजक पासवान र अधिवक्ता राजकुमार महासेठले संयुक्त रुपमा नगद ७ हजार रुपियाँ, सम्मान पत्रका र मायाको चिनो प्रदान गरि सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेश २ संयोजक पासवानले प्रदेश २ मा महिला तथा बालबालिकाहरू बढी पीडित भएकाले यसप्रति हामी सबै नागरिक समाज, सञ्चारकर्मी र अधिकारकर्मीहरू सचेत हुनुपर्ने बताउनु भएको छ ।

photo20200219dhanusha (4)

 

अन्य

भिडियो