विगतमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका ईन्चार्ज भई कर्तव्यज्यान लगायतका दर्जनौं अपराधमा संलग्न रही फरार रहेको आरोपमा मौलापुर नपा—८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वर पटेल कुर्मीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले फागुन ६ गते राती ९ बजे चन्द्रपुर नपा–४ स्थित धन्सारबाट जंगलसहिया जाने सडकमा गोली प्रहार गरेर गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बारा जिल्ला प्रहरीको टोलीले पिछा गर्दै गर्दा रौतहट प्रहरीलाई खबर गरी जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको संयुक्त प्रहरी टेलीले आरोपितलाई गिरफ्तार गरेको हो । प्रहरीलाई देख्नासाथ कुर्मीले गोली चलाउन लागेकाले प्रहरीले चार राउण्ड जवाफी गोली प्रहारगरी कुर्मीको बाँया खुट्टामा दुई ठाउँमा गोली लागेको र कुर्मीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीलले बताउनु भएको छ ।
कुर्मीको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र कुर्मीको साथबाट नलकटुवा पेस्तोल एक थान र गोली पाँच राउण्ड फेला परेको डिएसपी शाहीले बताउनु भएको छ ।