INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट बागमती प्रदेशमा १ हजार ४ सय ९४ जना पीडित

बागमती प्रदेशमा सन् २०१९ मा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएका छन् ।
जसमा राज्यपक्षबाट १४ जना महिला सहित २ सय १७ जना र अन्य पक्षबाट १ हजार १ एक ७० जना महिला सहित १ हजार २ सय ७७ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको इन्सेक बागमती प्रदेश कार्यालयले सार्वजनिक गरेको हो । प्रदेश कार्यालय हेटौंडामा फागनु ७ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार सन् २०१९ मा गिरफ्तारका घटनामा १ सय ६८ जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा १२ जना, जातीय विभेदका घटनामा २१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ७ सय ४७ जना, यातनाका घटनामा सात जना र बालअधिकार उल्लङ्घनका घटनामा ३ सय ७६ जना पीडित भएका छन् ।

२ ३
सन् २०१८ यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ८ सय १९ जना पीडित भएका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते सार्वजनिक गरेको मानव अधिकार वर्र्ष पुस्तक २०२० मा समावेश भएको बागमती प्रदेशको मानव अधिकारको अवस्थाबारे सञ्चारकर्मीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०१९ मा बागमती प्रदेशभित्र भएका मानव अधिकार उल्लङ्घनका घटना र प्रदेशको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशको १३ जिल्लामा भएका बलात्कारका घटनामा ६६ प्रतिशत बालिका पीडित भएका छन् । बलात्कारका ३ सय ८६ वटा बलात्कारको घटनामा २ सय ५३ जना बालिका र १ सय ३३ जना महिला पीडित भएका हुन् ।
वर्ष पुस्तकको तथ्याङ्क अनुसार सबै भन्दाबढि संघीय राजधानी रहेको जिल्ला काठमाडौँमा ९७ जना बालिका र ६४ जना महिला बलत्कारबाट पीडित भएका छन् । भक्तपुरमा २१ बालिका र ११ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, दोलखामा नौ बालिका र तीन महिला, सिन्धुलाल्चोकमा १७ बालिका र ६ महिला, घादिङमा आठ बालिका र एक महिला, नुवाकोटमा १० बालिका पाँच महिला, काभ्रेमा नौ बालिका र तीन महिला बलात्कृत भएका छन् ।
इन्सेकले हत्या, गिरफ्तारी, यातना, बलात्कार, बलात्कार प्रयास  तथा अमानवीय व्यवहारलगायतको मानव अधिकार विरुद्ध हुने ज्यादतीको घटनाहरूको सङ्कलन गरेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घनका घटनाहरूमात्रै समावेश भएको नभई समग्र मानव अधिकारको दस्तावेजको रुपमा प्रकाशन गरिएको बताउनुभयाे ।
गत वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटना बृद्धि हुनुका कारणबारे सञ्चारकर्मीहरूले जिज्ञाशा राखेका थिए । जिज्ञाशाको सम्बोधन गर्दै संयोजक गौतमले मानिसमा चेतनाको विकास हुँदै जानु र हिंसा विरुद्ध लड्दै न्याय प्राप्तिको आवाज उठाउनु नै घटना सार्वजनिक हुने क्रम बढेको बताउनु भयो ।

१ ४ ५

 

अन्य

भिडियो