INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई माघ १६ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—१४ फुलवारीका २२ वर्षीय महेश चौधरीलाई फागुन ६ गते प्रहरीले फुलवारीबाट गिरफ्तार गरेको छ ।

आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडित महिलाले फागुन ४ गते जिल्ला प्रहरी कार्यालय,कैलालीमा उजुरी दिएपछि आरोपितलाई फागुन ६ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका सई मोहनबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो