१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–९ का १९ वर्षीय अजय राजभरलाई फागुन ६ गते बेलाटारीबाट गिरफ्तार गरेको छ ।
पीडितलाई फागुन ४ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ५ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको सई प्रकाश श्रेष्ठले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ५ गते पृथ्वीचन्द्र अस्पतालमा गरिएको प्रहरीले जनायो ।