३० वर्षीया बुहारी सुधिरा देवी यादवलाई कुटपिट गर्दै शरिरमा मट्टितेल खन्याई आगो बालेर हत्या गर्न खोज्ने ४८ वर्षीया सासु रामपरी देवी यादवलाई प्रहरीले फागुन ५ गते जनकपुरबाट लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरेको छ । प्रहरीले आरोपित माथि कर्तव्य ज्यान उद्योग मुद्दा दर्ता गरेको छ ।
माघ ९ गते दिउँसो २ बजे जनकपुरधाम उमनपा–८ स्थित आफ्नो घरमा सासु रामपरीले बुहारी सुधिराको शरिरमा मट्टितेल खन्याई आगो लगाएर हत्या प्रयास गरेको पीडितको आरोप छ । शरिरमा मट्टितेल खन्याई सकेको अवस्थामा स्थानिय बासिन्दाले थाहा पाएर प्रहरीलाई मौखिक खबर गरेपछि आरोपितहरु फरार भएका थिए ।
शरिरमा मट्टितेल खन्याएर हत्या प्रयास गर्ने सुधिराका पति ३५ वर्षीय दिपेन्द्र यादव, ३२ वर्षीय भिनाजु दिनेश यादव र ३० वर्षीया नन्द अनिता यादव भने अझै फरार रहेका छन् । फरार आरोपीतहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर अशोक कुमार झाले जानकारी दिनु भएको छ ।