INSEC Online

📅 २०८३ जेष्ठ २१

यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले फागुन ६ गते गोलबजार नपा–६ का ४९ वर्षीय गंगाप्रसाद महतोलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई फागुन ४ गते यौनदुर्व्यवहार गरेको आरोपमा कारवाहीको लागि फागुन ६ गते उजुरी दिएको पीडित परिवारले बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाइएको छ । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन ६ गते भएको छ ।

अन्य

भिडियो