किटानी जाहेरी दिने पीडितको इन्कारी बयान र घटनास्थलमा बरामद भएका सामानको औंठाछाप आरोपितसँग मेल नखाएको तथ्यका आधारमा पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले सफाई दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले फागुन ५ गते बलात्कार प्रयास गरेको आरोपबाट महरालाई सफाई दिएको हो । किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाई पाउने प्रमुख आधार बनेको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनास्थलमा बरामद भएका सामानको औंठाछाप पनि आरोपिसँग मेल नखाएको भन्ने अर्को तथ्यलाई सफाईको आधार बनाएको जिल्ला अदालतका श्रेस्तेदार आनन्दकुमार श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार राय किताबमा घटनास्थलबाट बरामद भएका गिलासलगायत सामानमा भेटिएको हस्तरेखा र आरोपितको हस्तरेखा तुलनात्मक अध्ययनबाट पनि आरोपित घटनामा संलग्न भएको पुष्टि हुन नसकेको उल्लेख छ । हस्तरेखाको अध्ययन गरेका विशेषज्ञले औंठाको छापमा तुलनात्मक अध्ययन गर्न र विश्लेषण गर्न नसकिएको राय दिएका थिए । बयानमुखी अनुसन्धान पद्धतिमा मुद्दाका सरोकारवालाले अदालतमा गर्ने बयानलाई महत्वपूर्ण प्रमाण मानिन्छ ।
संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पूर्वसभामुख महराविरुद्ध गत कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैदको माग गरेको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेमा जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमार्फत उच्च अदालतमा पुनरावेदन गर्न पाइन्छ । फैसला चित्त बुझाएमा पुनरावेदन नगर्ने निर्णय पनि हुन सक्छ तर त्यसका लागि फाइल तहगत निर्णय गर्दै महान्यायाधिवक्तामार्फत सदर गर्नुपर्ने श्रेस्तेदार श्रेष्ठले जानकारी दिनुभयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको