INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउ गोठ मुक्त वडा घोषणा

बडिमालिका नगरपालिकाको नौ नम्बर वडालाई फागुन ४ गते एक कार्यक्रमको आयोजना गरी छाउ गोठ मुक्त वडा घोषणा गरिएको छ  ।

प्रतिनिधि सभाका सांसद लालबहादुर थापाको प्रमुख आथित्यमा आयोजित एक कार्यक्रमकाबीच सो वडालाई छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो ।

बिभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि र नागरिक समाजका  अगुवाहरूले छाउ गोठ मुक्त वडा घोषणासँगै  समाजिक कुरीति र कुसस्कारको अन्त्यका लागि साझा प्रतिवद्वता पत्रमा हस्ताक्षर गरी सबै प्रकारको विभेदको अन्त्य गरिने साझा प्रतिवद्वता समेत जाहेर गरेका छन् ।

प्रतिनिधि सभाका सांसद थापाले बडिमालिका नगरपालिकाका बासिन्दाहरूमा समाजिक हिंसा तथा विभेदको अन्त्यका लागि सकारात्मक परिवर्तन आएको बताउँदै छाउ गोठ अन्त्यसँगै समाजमा रहेका कुरीति र विभेदलाई अन्त्य गर्न सक्रियताका साथ अगाडी बढन सबैमा अनुरोध गर्नु भएको थियो ।

छाउपडी कुप्रथाले किसोरी, महिला र बालबालिकामा प्रत्येक्ष असर गर्दै आएकोले  यसको समुल अन्त्यका लागि स्थानीय सरकार, राजनीतिक दल,बृद्विजिवि लगायत आम नागरिकहरूले जनचेतना जगाउदै एकजुट भएर अगाडी बढनु पर्ने थापाले बताउनु भयो ।

छाउ गोठ मुक्त घोषण कार्यक्रममा  झाँक्री, देउडा, सडक नाटक लगाएकका बिबिध कार्यक्रम प्रस्तृत गरेर छाउपडी कुप्रथा मान्दैनौ, घरमै बस्छौ, पोषिला खानेकुरा दही,दुध जस्ता खाने कुरा खान्छु भन्ने सन्देशमूलक प्रस्तृति गरिएको थियो ।

बडा भित्र रहेका महिला समुह, किसोरी समुह, बाल समुह,प्रहरी,धामीझाँक्री र जनप्रतिधिनिहरूको सहभागितामा छाउ गोठ भत्काइएकोले अबका दिनमा महिला तथा किसोरीहरूले छाउ गोठमा ज्यान गुमाउनु नपर्ने वडा अध्यक्ष बिनोद कुमार विकले बताउनु भयो ।

छाउ गोठ मुक्त घोषण कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्ट  लगायत नागरिक समाजका अगुवा, पत्रकार र  वडावासीहरूको सहभागीता रहेको थियो ।

पछिल्लो समय बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहमा छाउपडी कुप्रथा विरूद्व अभियान तिब्ररूपमा संचालन हुँदै आएको छ ।

photo20200217bajura (1) photo20200217bajura (2) photo20200217bajura (3) photo20200217bajura (4) photo20200217bajura (5)

अन्य

भिडियो