INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले फागुन २ गते लमही नगरपालिका–३ का २८ वर्षीय लन्टु चौधरीलाई सात वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश पुनाराम खनालको इजलासले फागुन २ गते दोषी ठहर गर्दै सात वर्ष कैद र पीडितलाई ४० हजार रूपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको हो ।

आरोपितले  ०७६ वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ८ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई वैशाख ९ गते गिरफ्तार गरेको थियो ।

पीडितको  स्वास्थ्य परीक्षण वैशाख ८ गते लमही अस्पतालमा गरिएको थियो ।

 

 

अन्य

भिडियो