INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रहरीको सकृयतामा बालविवाह रोकियो

इलाका प्रहरी कार्यालय मिर्चैयाको सकृयतामा माघ २९ गते बालविवाह रोकीएको छ । मिर्चैया नपा–१ का धनीकलाल महराका छोरा १८ वर्षीय सुरेशकुरमार महराको विवाह माघ २९ गते गोलबजार नपा–९ मा हुन लागेको सुचनाको आधारमा विवाह रोकाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भएको छ ।

स्थानीय अधिकारकर्मीहरुको विशेष सूचनाको आधारमा बालविवाह रोकेको डिएसपी जैसवारले बताउनु भयो । अभिभावलाई बालविवाह कानुनी रुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारवाही हुने बताएपछि बालविवाह नगर्ने नगराउने विषयमा स्थानीय जनप्रतिनिधिहरु सहित सहमत भएको डिएसपी जैसवारले बताउनु भयो ।

अन्य

भिडियो