१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–३ बुटनियाँका २२ वर्षीय मेघलाल बिकलाई माघ २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई शान्तिनगर गाउँपालिका–५ बौलाखोला जङ्गलमा लगेर माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा माघ २८ गते उजुरी दिएका थिए ।
प्रहरीले आरोपित विकलाई तुलसीपुर बसपार्कबाट गिरफ्तार गरी अनुसन्धान थालेको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।