INSEC Online

📅 २०८३ जेष्ठ २२

बालकलाई हत्या गरेको भन्दै उजुरी

प्रसौनी गाउँपालिका–७ बलुवा टोलका ५२ वर्षीय राधेश्याम सहनीका १४ वर्षीय छोरा रोशन सहनीको हत्या गरेको भन्दै पीडित परिवारले माघ २८ गते इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएको छ ।

माघ २८ गते विहान ९ः०० बजे घर देखि १ किलोमिटर नजिक गहुँका साना हरिया विरुवा भएको खेतमा हत्या गरेर परालले छोपेर राखेको अवस्थामा बालकको शव फेला परेको हो ।

बालकको टाउको र अनुहारमा चोट लागेको छ । शवको नजिकै रगत लागेको ईट्टा रहेकाले ईट्टाले हानेर हत्या गरीएको हुनसक्ने पीडित परिवारले बताएको छ ।

बालक माघ २७ गते राती ८ः०० बजे घरबाट बाहिर निस्कनु भएको पीडित परिवारले बताएको छ । घर परिवार र आफन्तले बालकलाई रातभर खोजिगर्दा पनि पत्ता लागेको थिएन । बालक ज्ञानसागर एकेडमी बोर्डिङ्ग स्कुल परवानीपुरमा कक्षा चारमा अध्ययनरत हुनु हुन्थ्यो ।

शवको पोष्टमार्टम कलैया अस्पतालमा माघ २८ गते गरीएको र मृतक बालकका ठुलो बुबा ४८ वर्षीय शम्भु सहनीले शव बुझेर लग्नु भएको डा. प्रेशचन्द्र चौरसियाले बताउनु भएको छ ।

परिवारजनले माघ २८ गते बेलुका ६ः०० बजे हिन्दु धर्म अनुसार दाहसंस्कार गरेको मृतकका ठुलो बुबाका छोरा २४ वार्षीय अमिरी सहनीले बताउनु भएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका डिएपी गौतम मिश्रले बताउनु भएको छ ।

अन्य

भिडियो