INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा बम विष्फोट

केराबारी गाउँपालिका कार्यालयमा माघ १० गते राति अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

कार्यालयको मुख्य गेटमै बम विष्फोट भएकोे गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताउनु भयो ।

विष्फोटबाट कार्यालयको जेनेरेटर, पर्खाल, झ्याल, सीसी क्यामेरा, १० ओटा झ्याल तथा ढोका र कार्यालय नजिकै राखिएको स्थानीयको एउटा स्कुटरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले बताउनु भयो ।

विष्फोटमा २० लाख रुपियाँ बराबरको क्षति भएको डिएसपी थापाले बताउनुभयो ।

घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो