INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा बम विष्फोट

मिक्लाजुङ गाउँपालिका–१ स्थित रमितेमा सडक निर्माणमा प्रयोग गरिएको तीनवटा जेसीबीमा माघ ५ गते अज्ञात समूहले बम विष्फोट गराएको छ ।

बम विष्फोटबाट को १ क ३०३० नम्बर र दुईवटा लिङ्कङ् ९२२ र क्याट ३२० लेखिएका अनटेस्ट एक्साभेटरमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले बताउनु भयो ।

घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो