INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का २५ वर्षीय रमेशप्रसाद वाग्लेलाई गिरफ्तार गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका–६ मा रहेको हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रबाट माघ २४ गते वाग्लेलाई गिरफ्तार गरिएको थियो । पीडितले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको महानगरीय अपराध महाशाखाका एसपी मुकेशकुमार सिंहले बताउनुभयो । वाग्लेलाई आवश्यक अनुसन्धानका लागि महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ । महिलाको स्वास्थ्य परिक्षण माघ २४ गते प्रसूति गृह थापाथलीमा गरिएको छ ।

अन्य

भिडियो