पढाई राम्ररी नभएको भन्दै गरुडा नगरपालिका–२ मा रहेको स्थानीय श्री माध्यामिक विद्यालयका विद्यार्थीहरुले गरुडा नपा–२ को कार्यालयमा माघ २२ गते दिउँसो प्रवेश गरी कागजात, फर्निचर, कम्प्युटर, झ्याल, ढोका लगायतको सरसमान तोडफोड गरी नष्ट गरेका छन् ।
तोडफोडमा संलग्न १८ जना विद्यार्थीहरुलाई माघ २२ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताउनु भएको छ । कार्यालयका धेरै महत्वपुर्ण कागजात एवं सामग्रीहरू नष्ट एवं क्षतिग्रस्त भएको हुँदा उनीहरुमाथि कारवाही गरीने डिएसपी कार्कीले बताउनु भएको छ ।
दुई महिना अगाडि पनि पढाई नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमै तोडफोड गरेको र अब फेरी वडा कार्यालयमै तोडफोड गरी व्यापक क्षति गरेकाले गिरफ्तार गर्नु परेको डिएसपी कार्कीले बताउनु भयो ।
विद्यार्थीहरुमाथि मुद्दा चलाई कानुन अनुसार कारवाही गरीने डिएसपी कार्कीले बताउनु भएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७