INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोल्पा जिल्ला माडी गाउँपालिका– ३ का ३७ वर्षीय श्यामबहादुर घर्तीलाई प्रहरीले माघ २३ गते पुनः गिरफ्तार गरेको छ ।

पीडितको तर्फबाट अधिवक्ता  मीना महतले माघ १६ गते दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनवाई गर्दै  न्यायाधीशद्वय केशवराज जोशी र नवराज थपलियाको इजलासले माघ २३ गते रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट रिहा भएका घर्तीलाई प्रहरीले अदालतको गेट बाहिरबाट गिरफ्तार गरेको हो ।

घर्तीलाई राज्य विरूद्धको अपराधको आरोपमा प्रहरीले असार ४ गते रोल्पा जिल्ला घारबाँसस्थित  मामाको घरबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालतले  साउन २८ गते रिहा गरेकोमा प्रहरीले अदालतबाट पुनः गिरफ्तार गरी प्यूठान लगेर सार्वजनिक अपराध सम्बन्धी मुद्दा चलाएको  थियो ।

बुटवलबाट गिरफ्तार गरी घर्तीलाई नवलपरासी पश्चिम लगिएको बरिष्ठ अधिवक्ता दिल साहनीले बताउनु भयो ।

 

अन्य

भिडियो