INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन गरेको कसुरमा दश वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा अदालतले जिल्ला जुम्ला तातोपानी–४ का २४ वर्षीय मुनबहादुर कामी र उदयपुर बेलका नगरपालिका–५ की २७ वर्षीया रूपमा दर्नाललाई माघ १५ गते जनही दश वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश अमृत्तबहादुर बस्नेतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै जनही ५० हजार रुपियाँ जरिबाना भर्न आदेश दिएको छ ।

आरोपितद्वय ले ०७६ साउन १५ गते भारतमा राम्रो काम लगाई दिने प्रलोभनमा भारत लगि बेचविखन गर्न लागेको आरोपमा पीडितले साउन २० गते प्रहरीलाई जानकारी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७६ भदौ १३ को आदेशमा मुनबहादुर पुर्पक्षका लागि थुनामा थिए । अदालतको सोही आदेशमा रूपमाले एक लाख रुपियाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि थुनामा थिइन् ।

अन्य

भिडियो