४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले उदयपुरगढी गाँउपालिका–५ का २६ वर्षीय टिक भनिने टेकबहादुर राइलाई माघ २३ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
आरोपितले ०७६ जेठ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको असार २२ गतेको आदेश आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २६ गते गरिएको थियो ।