INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–१५ का ५१ वर्षीय कृष्णबहादुर दनुवारलाई माघ २३ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश दीपक खनालको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी दश हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

आरोपितले ०७६ असार ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध असार १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले साउन १६ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको भदौ ७ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १३ गते गरिएको थियो ।

अन्य

भिडियो