११ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालतले ४० वर्षीय बाबुलाई माघ २२ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै २० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।
आरोपितले ०७६ साउन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध साउन २० गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई साउन २० गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा हाडनाता करणी प्रयास शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) मा साउन २० गते गरिएको थियो ।