१४ वर्षीया बालिकालाई माघ १५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरी कास्की जिल्ला रुपा गाउँपालिका–४ खाल्टे बस्ने ३१ वर्षीय चन्द्र बहादुर ठकुरीलाई माघ १९ गते उनकै घरबाट गिरफ्तार गरेको छ ।
आरोपितले माघ १५ गते साँझ ५։३० बजेको समयमा रुपा गाउँपालिका–५ स्थित चिसापानी सामुदायिक वन भित्र बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय कास्कीमा माघ १६ गते उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकी आमाका अनुसार बालिका विद्यालय विदा भइसकेपछि वनमा भैसी लिएर घर फर्कने क्रममा आरोपितले पछाडीबाट मुख थुनी बलात्कारको प्रयास गरेको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।
आरोपितको गिरफ्तारी पश्चात आवश्यक अनुसन्धान अगाडी बढाइएका पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको डिएसपी केसीले जानकारी दिनुभयो ।