३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन अदालतले रत्ननगर–५ का २० वर्षीय राजेश महतोलाई दुईवर्ष कैद र २० हजार क्षतिपूर्ति फैसला गरेको छ ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको माघ २२ गतेको इजलासले आरोपितलाई उक्त सजाय तोकेको हो । आरोपितले ०७६ मङ्सिर १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित आफैले ०७६ मङ्सिर १५ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा उजुरी दिनुभएको थियो । आरोपितलाई मङ्सिर १५ गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको मङ्सिर १५ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।