INSEC Online

📅 २०८३ जेष्ठ २२

वडा अध्यक्ष हत्या घटनाका सात जना आरोपित गिरफ्तार

पञ्चदेवल विनायक नगरपालिका–२ विनायकका वडा अध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या घटनाको अनुसन्धानका लागि माघ २२ गते सात जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सात जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरीले जनाए पनि गिरफ्तार गरिएका व्यक्तिहरुको परिचय भने खुलाइएको छैन ।

मृत अवस्थामा भटिएका वडा अध्यक्ष धामीसँग माघ २० गते सोही वडाको विनायक बजारमा साथमा रहेका सात जनालाई प्रारम्भिक अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,अछामका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताउनु भयो । गिरफ्तार गरिएका सातै जनालाई इलाका प्रहरी कार्यालय विनायकमै राखेर सोधपुछ भइरहेको इन्स्पेक्टर अवस्थीको भनाइ छ ।

तालिम प्राप्त कुकुरसहित सिआइबीको टोलीले घटनास्थलमै अनुसन्धान गरिरहेको छ ।

माघ २१ गते बिहान सोही वडाको गैरीगाउँमा रहेको भैसी बाँध्ने गोठ छानामा वडा अध्यक्ष मृत अवस्थामा फेला परेका थिए ।

हत्यामा संलग्नको पहिचान नहुँदासम्म शवको पोष्टमार्टम गर्न नदिने भन्दै स्थानीयले शव उठाउन दिएका छैनन् । स्थानीयले घटनामा संलग्न दोषि तत्काल पत्ता लाउन माग गर्दै विनायक बजारमा नाराबाजीसहित टायर बालेर बजार बन्द गरेका छन् ।

मृततको पोष्टमार्टमका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख स्थानीय जनप्रतिनिधि र अगुवाको छलफलले समेत निष्कर्ष निकाल्न नसकेको स्थानीय भरतराज अधिकारीले बताउनु भयो ।

मृतक स्थानीय जाल्पेश्वरी प्राविको प्राधानाध्यापकबाट राजीनामा गरेर नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

 

अन्य

भिडियो