INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या

के आई सिह गाउँपालिका अन्तर्गत रहेका आठ ओटा माध्यमिक विद्यालय र ३२ ओटा आधारभूत विद्यालय गरी ४० ओटा विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।
गाउँपालिका अन्तर्गतका बासुदेव माध्यामिक विद्यालय, भ्ुावनेश्वरी माध्यामिक विद्यालय, दुर्गा आधारभुत विद्यालय, बासुदेब सार्वजनिक आधारभूत विद्यालय, मष्टेश्वर आधारभुत विद्यालय गरी ४० ओटा विद्यालयमा शिक्षक अभाव भएपछि कार्यालय सहयोगीको भरमा कक्षा सञ्चालन गरिदै आएको स्थानीयहरुको गुनासो रहेको छ ।
विध्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठन प्रभावित हुन गएको स्थानीय समाजसेवी खगेन्द्र बडैलाले बताए ।
बासुदेब माध्यमिक विध्यालयमा शिक्षक नहुँदा  कार्यालय सहयोगीको भरमा कक्षा सञ्चाल हुदै आएको स्थानीय जय बहादुर बिकले बताउनु भयो ।
विध्यालयमा शिक्षक नभएपछि  आफैले  विद्यालयमा पढाउनु पर्ने बाध्यता रहेको बासुदेब माध्यमिक विद्यालयका कार्यालय सहयोगी भिम मल्लले बताउनु भयो ।
निजी स्रोतबाट राखेका शिक्षकहरुले तलब नपाएपछि विद्यालय छोडेर जाने भएका कारण पठनपाठनमा समस्या भएको छणीदेब आधारभूत विद्यालयका प्रधानध्यापक  मोहन बडैलाले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘दरबन्दी अनुसार शिक्षक छैनन् । विद्यालयमा निजी स्रोतबाट शिक्षक राखेर विद्यालय सञ्चालन गर्नु पर्छ । तर, निजी स्रोतका शिक्षकले तलब नै पाउँदैनन् । कसरी विध्यालय चल्छ ?। मैले पनि विध्यालय छोडनु पर्ने बाध्यता आएको छ ।’
बासुदेब सार्वजनिक विद्यालयमा अध्यापन गराउदा दुई वर्षसम्म पनि तलब नपाउदा आफूले बाध्य भएर जागिर छोड्नु परेको शिक्षक खगेन्द्र पनेरुले गुनासो गरे ।
भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानध्यापक  रमेश शाहीले निजी स्रोतबाट शिक्षकलाई तलब खुवान नसकेर शिक्षकले विध्यालय छोडेर जाने समस्याका कारण पठनपाठनमा समस्या हुने गरेको बताउनु भयो ।
गाउँपालिकामा आठ ओटा माध्यमिक र ३२ ओटा आधारभुत विद्यालय रहेका भए पनि सबै विद्यालमा दरबन्दी अभावकै कारण पठनपाठनमा समस्या भएको शिक्षा शाखा इकाइका प्रमुख शेरबहादुर बोगटीले बताउनु भयो ।
निजी स्रोतका शिक्षकलाई गाउँपालिकाले अनुदान  दिने योजना बनाएको भएपनि निजी स्रोतका शिक्षक संख्या बढि भएको हुँदा योजना सफल हुन नसकेको प्रमुख बोगटीको भनाइ छ ।
के आई सिँह गाँउपालिका शिक्षा इकाईका स्रोत व्यक्ति नरबहादुर शाहीले निजी स्रोतबाट सञ्चालित विध्यालयका लागि  गाउँपालिकाबाट पनि अनुदानको माग गरिएको र दरबन्दी शिक्षकका लागि पहल भइरहेको बताउनु भयो ।
गाउँपालिका भित्र रहेका सबै विद्यालयमा शिक्षक ब्यवस्थापनको लागि गाउँपालिकाले योजना बनाइरहेको उपाध्यक्ष मिना बिष्टले बताउनु भयो ।

 

 

 

 

अन्य

भिडियो