नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई ०७६ माघ २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।
सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–४ का ४० वर्षीय तारानाथ कटवाल (अर्जुन) लाई प्रहरीको विशेष ब्यूरोले काठमाडौँको कलंकीस्थितस्थित उनको ‘प्राइभेट अफिस’ बाट गिरफ्तार गरिएको हो । प्रहरीको विशेष ब्यूरोले माघ २१ गते गिरफ्तार गरि माघ २२ गते महानगरिय प्रहरी वृत्त कालिमाटीले मुद्दा दर्ता गरेको छ । कालिमाटी प्रहरी वृत्तका अनुसार कटुवाललाई चन्द समूहका जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष रहेको खुल्न आएको कालिमाटी वृत्तका डिएसपी रुगम कुवरले बताउनुभयो ।
प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु (चुनदेवी) स्थित घरमा अहिले खानतलासी गरिरहेको छ । उनको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगी र व्यापारी, सर्वसाधारणलगायतका नाममा काटिएका चन्दा रसिद तथा चेकबुक पनि प्रहरीले बरामद गरेको छ । उनी विरुद्ध माघ २२ गते मुद्दा दर्ता गरि कानुनी कारबाहि अगाडि बढाइने कुंवरले बताउनुभयो ।