INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नपा–७ का ३१ वर्षीय चुराबहादुर राना, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग जिल्ला बडिगाड गाउँपालिका– ४ का १९ वर्षीय सनु दगामीलाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई माघ  १९ गते आरोपितहरूले स्थानीय खोलामा लगेर बलात्कार गरेको सुचनाका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र रावलले बताउनु भयो ।  पीडित पक्षले माघ २१ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण माघ २० गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो