नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज रोल्पा नपा–२ का ५८ वर्षीय दलबहादुर खत्री र रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट नपा–८ का ३१ वर्षीय चन्द्रबहादुर बुढालाई प्रहरीले माघ २१ गते पुनः गिरफ्तार गरेको छ ।
जिल्ला अदालतले जनही १५ हजार रूपिँया धरौटीमा रिहा गरेका खत्री र बुढालाई अदालत परिसरबाट पुनः गिरफ्तार गरेको हो ।
आरोपितद्वयलाई असोज ३० गते राजपुर गापा–४ स्थित जङ्गलबाट गिरफ्तार गरि राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाएको थियो ।