INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रदर्शनकारी र प्रहरीबीच झडप, नौ जना प्रहरी घाइते

लम्कीचुहा नगरपालिका–४ गुलरास्थित सडकखण्डमा माघ १९ गते प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा डिएसपीसहित नौ जना प्रहरी घाइते भएका छन् ।

लम्कीचुहा नगरपालिका–४ गुलरास्थित सडकखण्डमा माघ १८ गते राति से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटनामा परी स्थानीय २२ वर्षीय मायाराम चौधरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पुर्वपश्चिम राजमार्ग अवरूद्ध गरेपछि प्रहरीले राजमार्ग खुलाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

स्थानीयहरूले प्रहार गरेको ढुङ्गा लागी डिएसपी मनोहरप्रसाद भट्ट, प्रहरी जवान चन्द्रीका देउवा, विष्णु चौधरी, जयन्ती बोहरा, सुवास पार्की, सशस्त्र प्रहरी जवान टेकबहादुर कुँवर,.हवल्दार गङ्गाराम भाट, वरिष्ठ प्रहरी हवल्दार दिर्घ बोहरा र हवल्दार अक्कल शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय,कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

घाइते प्रहरीको स्वास्थ्य उपचार लालरत्न अस्पताल, लम्कीमा माघ १९ गते भएको प्रहरीले जनायो ।

घटनाको छानविन गर्न र दोषी पत्ता लगाई कारबाहीको माग गर्दै गरिएको प्रदर्शनले उग्ररूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४८ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

दुर्घटना कसरी र कसबाट भयो भन्ने खुल्न नसके पनि एक एम्बुलेन्सलाई नियन्त्रणमा लिइ अनुसन्धान   भइरहेको डिएसपी बस्नेतले बताउनु भयो ।

 

अन्य

भिडियो