२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का ३५ वर्षीय बिरजु चौधरीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई विवाहको प्रलोभन देखाएर माघ ११ गते बलात्कार गरेको भन्दै पीडितले माघ १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई घोराही उपमनपा–१६ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।