६७ वर्षीया महिला बलात्कारको आरोपमा प्रहरीले इस्मा गाउँपालिका– ६ अमरपुरका ४७ वर्षीय भीमप्रसाद पोख्रेललाई माघ १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी मिन घलेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।