INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला जनकपुर घर भई हाल गौर नपा—१ बस्ने ६० वर्षीया रामकिशोर मिश्रलाई माघ १७ गते गिरफ्तार गरेको छ ।

बालिकालाई माघ १६ गते राती ८ः०० बजे पीडितकाे घर नजिकैको खेतमा लगी आरोपीत मिश्रले ललाइफकाई चकलेट दिने प्रलोभन देखाएर बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय रौतहटमा घटनाका आरोपित मिश्र विरुद्ध माघ १७ गते उजुरी दर्ता गराउनु भएको छ ।

बालिकालाई अत्यधिक रक्तश्राव भएपछि घटना सार्वजनिक भएको हो । बालिकाको बयानकै आधारमा आरोपित मिश्रलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले बताउनु भएको छ ।

पीडित बालिकाको जिल्ला अस्पताल गौरमा माघ १७ गते स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो