INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

७४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालतले लिखु गाउँपालिका –९ का ५८ वर्षीय पूर्णबहादुर विकलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश दलबहादुर केसीको माघ १६ गतेको इजलासले कसुर ठहर वृद्धा बलात्कारमा नौ वर्ष र असाहयलाई बलात्कार कसुरमा २ वर्ष गरी ११ वर्ष कैद सजायको आदेश भएको श्रेस्तेदार नेत्रबन्धु पौड्यालले बताउनुभयो ।

आरोपितले ०७५ पुस १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको ०७५ माघ १८ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १ गते गरिएको थियो ।

अन्य

भिडियो