युवा सङ्घ धादिङका जिल्ला सदस्य त्रिपुरासुन्दरी गाउँपालिका– ५ निवासी
३० वर्षीय शम्भु थापा ०७६ माघ १४ गते सोही गाउँपालिका–७ सुकौरामा तरबार प्रहारबाट घाइते हुनु भएको छ । विवाहको भोज खाएर घर फर्कन क्रममा थापा माथि तरबार प्रहार भएको थियो ।
तरबार प्रहारबाट खुट्टा, टाउको तथा ढाडमा चोट लागि घाइते भएका थापाको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिनु भयो ।
घटनामा संलग्न भएको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–५ का २७ वर्षीय बलराम खड्का र सोही गाउँपालिका–७ का २७ वर्षीय केशव थापा मगर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।